कुम्भकर्ण हिमालमा फोहर सङ्कलन
ताप्लेजुङ | कात्तिक १५, २०८१
ताप्लेजुङ: ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर सङ्कलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ ।
हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या देखिएका थिए । यस समस्याको समाधान गर्न महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरूले फोहर सङ्कलन गरेको हुन् ।
विद्यालयका शिक्षक र शिक्षिकाहरूले फोहर सङ्कलनका लागि एक अभियान सञ्चालन गर्नुभएको निमित्त प्रधानाध्यापक विवश केदेमले बताउनुभयो ।
केदेमका अनुसार फोहोर सङ्कलन गर्ने यो प्रयास हिमालको सौन्दर्य र जैविक विविधता संरक्षण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो । यस अभियानमा कुम्भकर्ण हिमालको आधार शिविरमा पुगेका शिक्षकले पर्यटक र तीर्थयात्रीद्वारा छरिएको फोहर सङ्कलन गरेको बताउनुभयो ।
शिक्षक अभिशेक लिम्बूका अनुसार विभिन्न प्रकारका फोहर प्लास्टिक, खाद्य वस्तुका खोल, कपडा आदि चार बोरा सङ्कलन गरिएको थियो ।
कुम्भकर्ण हिमालमा फोहरको समस्या सौन्दर्यको ह्रास हो, तर यसले स्थानीय पारिस्थितिकी प्रणालीमा पनि गम्भीर असर पुर्याउने भएकाले फोहर सङ्कलन गरेको शिक्षिका सुशन तामाङले बताउनुभयो ।
तामाङका अनुसार पर्यटकहरूले आफ्नो भ्रमणका क्रममा फोहर छोड्दा यसले प्राकृतिक वातावरणमा प्रदूषण दीर्घकालीन रूपमा हिमालको जैविक विविधता र स्थानीय जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

